दीपा थपलिया,

बारा प्रहरीले झण्डै डेढ करोड रुपैया बराबरको चोरी पैठारी गरेर ल्याएको सामान सहित मानिसलाइ नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय अमलेखगंज, बारा बाट खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित निम्न ट्रकहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अंन्दाजी डेढ करोड रूपैया बराबरको ट्रकमा लोड सामानहरू सहित ट्रक नियन्त्रणमा लिएको छ।

वीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना ५ ख ७९२७ नम्बरको ट्रकमा लोड गरेको लेडिज सुट, धागो, जारी दाना, प्रिन्ट कपडा, माला लकेट, मेटल धुरा र अन्य खुद्र समानहरू गरी अन्दाजिमुल्य ६६लाख ९० हजार ४ सय २९रूपैया बराबरको बिल भरपाई भन्दा बढि स्रोत खुलाउन नसकेको सामानहरु थिए ।

त्यसै गरि वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख २७१९ नम्बरको ट्रकमा लोड गरेको मोबिल, वेडसिट कपडा, स्टेशनरी, मोटर पार्टस, वेकरी आईटम र अन्य खुद्र समानहरू गरी अन्दाजी मुल्य रू.७९ लाख८९ हजार ३सय ३९ रूपैया बराबरको बिल भरपाई भन्दा बढि स्रोत खुलाउन नसकेको ।

नियन्त्रणमा लिइएको सामान र ट्रकलाइ आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको छ।