दीपा थपलिया,

काठमाडौं - कास्की प्रहरीले ज्यानमार्ने उद्ध्योगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ३२ वडहरे स्थायी घर भैइ वडा नम्बर २७ तालचोक बस्ने बर्ष ३२ का सुनिल बस्नेत रहेका छन ।

बस्नेतले गत बैशाख २२ गते राती ११ बजेको समयमा काद्की जिल्लाको पोखरा महानगरपालिका २७ तालचोकमा आफुले सन्चालन गर्दै आएको दोहरी साझ तथा रेष्टुरेन्टमा आएका तेज बहादुर गुरुङ्गलाइ कुटपिट गरि गम्भीर घाइते बनाइ फरार भएका थिए।

कास्की जिल्ला को सिसुवा इलाका प्रहरी कार्यालयको टोलिले खोजी कर्ने क्रममा फरार भनिएका सुनिल बस्नेतलाइ पोखराको तालचोकबाट पक्राउ गरि कास्की जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्किका प्रमुख मोहन कुमार थापाले जानकारी दिनु भयो ।