दीपा थपलिया,

काठमाडौ - जिल्ला प्रहरी परिसर काठमाडौले कारागारमा रहेको ब्यक्ती छुटाइ दिन्छुर अदालतमा मुद्धा मिलाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गा सुनकोशी गाउपालिका १ घर भैइ काठमाडौको पेप्सिकोला बस्ने बर्ष ३७ का कृष्ण कार्की रहेका छ्न ।

कार्किले भन्सार छली मुद्धामा कारागारमा रहेका ब्यक्तिलाइ छुटाइ दिन्छु भनी लम्जुङ्ग घर भएका बिल बहादुर गुरुङ्ग सङ्ग ७ लस्ख रुपैयाँ लिएर फरार भएका थिए।

जिल्ला अदालत ललितपुरमा चली रहेको जग्गा समबन्धी मुद्धा मिलाइ दिन्छु भनी मेरो न्ययाधिश लगायत बिशिष्ट ब्यक्तीहरुसङ्ग राम्रो समन्ध छ भनेर धादिङ्ग स्थायी घर भएका भरत गुरुङ्ग सङ्ग पनि कार्किले २३ लाख रुपैया लिइ फरार भएका थिए।

कार्किले गरेको ठगि समन्धी सुचना प्राप्त भए पछि खटिएको जिल्ला प्रहरी परिसर काठमाडौको बिशेष टोलि कार्किलाइ काठमाडौको १३ सोल्टिमोडबाट पक्राउ गरेको छ ।

पक्राउ परेका कार्किलाइ ठगी समन्धी कसुर मुद्धामा सम्मानित अदालत काठमाडौबाट म्याद लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता नवराज अधिकारीले बताउनु भयो ।