काठमाडौं – भान्छा औषधालय तालीम तथा रिसर्च प्रा.लीको आयोजना तथा सुरेन्द्र ढकाल प्रतिष्ठानको प्रायोजनामा दुइ दिने भान्छा औषधालय सम्वन्धी तालिम प्रारंभ भएको छ । वैशाख २० गतेका दिन कामनपा वर्डा नं १० र ३१ का गृहणीहरुको लागि संचालन गरिएको ३ दिने तालिममा ३८ जना स्थानीय महिलाहरुको सहभागीता रहेकोछ । तालीममा सहभागी महिलाहरुको स्वागत गर्दै प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले यस तालिमबाट महिलाहरुले गन्धरहित झोल मल घरैमा उत्पादन गरी कौशीमा अर्गानिक तरकारी खेती गर्न सक्ने हुदा  कीट नाषक तरकारीको सेवनबाट हुने रोग बाट वच्ने, धरमै तरकारी उत्पादन गरी तरकारीमा आत्म निर्भर वन्ने र सहभागी मध्ये उत्कृष्ट महिलाहरु प्रशिक्षक पनि हुन अवसर प्राप्त गर्ने जानकारी गराउनु भएको थियो । 

ढकालको मन्तब्य पश्चात लगतै प्रमुख प्रशिक्षक भान्छा औषधालयका अभियन्ता रोम लाल गिरीले  तालीम  संचालन गर्नु भएको थियो । नेपालमा पाइने जडिबुटी र रुखविरुवाका ज्ञाता गिरीले महिलाहरुलाई तालिम दिदै आफुलाई जन्मदिने आमा र जन्मने वित्तिकै प्राणवायु प्रदान गरेर बचाउने पृथ्वी आमालाई माया गर्न सबैजना लागि पर्नु पर्ने बताउनु भयो । 

माटोको माया गरेमात्र आफ्नो जीवनको माया हुने भन्दै गिरीले सबैभन्दा पहिला आफुभित्रको मन्दिर सफा राखेर आफ्नो मन्दिरलाई स्वच्छ खानेकुरा चढाउनु पर्ने बताउनु भयो । नेपालीले नेपाल आमाले दिएका प्रकृतिक उपहारलाई पहिचान गरेर उचित सदुपयोग गर्ने हो भने ३ करोड नेपालीलाई मात्र नभएर पृथ्वीकै करिव २०% जनसंख्यालाई पुग्ने खानेकुरा आपुर्ती हुने ठोकुवा गर्दै नेपाल सानो नभएको बताउनु भयो । उहाँले स्वच्छ भान्छा निर्माण गर्ने तरिका सिकाउँदै भान्छाको फोहोर सदुपयोग गरेर झोल मल बनाउँदै कोसी खेती र करेसाबारीमा उपयोग गरि आत्मनिर्भर बन्न प्रत्साहित गर्नु भयो ।

तालीमको समापनसँगै प्रत्येक सहभागीलाई सुरेन्द्र ढकाल प्रतिस्थानको प्रायोजनमा झोलमल बनाउने ड्रम र फोहोर कुहाउने जैविक झोल निशुल्क वितरण गरिने जानकारी पनि आयोजकले दिएका छन् ।