काठमाडौँ – भाजपाले चुनावमा कसरी चुनावी प्रचार गर्छन्, चुनावी एजेन्डा के-के छन्, भाजपा नेतृत्वको सरकारले के के गरेको छ भन्ने विषयमा जानकारी गराउन र केही चुनावी क्षेत्रहरूको अवलोकन समेत गराउनका लागि विदेशी पर्यवेक्षकहरुलाई आमन्त्रण गरेको छ । यसै सन्दर्भमा भाजपाले नेपालका केही राजनीतिक दलहरुलाई पनि दिल्ली बोलाएको छ । बोलाइएका दलहरुमा काँग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी छन् । 

भारतीय जनता पार्टीले चुनावी पर्यवेक्षकको रूपमा नेपाललगायत विभिन्न दलकाका नेताहरूलाई निमन्त्रणा गरेको छ । भाजपाका निमन्त्रणामा नेपाली काँग्रेसको तर्फबाट उदयशम्शेर राणा, माओवादीको तर्फबाट मातृका यादव, एमालेको तर्फबाट विष्णु रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट जयकान्त राउत आजै दिल्ली जान लागेका हुन् ।

भाजपाले १० वटा देशका १८ वटा पार्टीलाई बोलाएको छ । अस्ट्रेलियाको लिबर पार्टी, भियतनामका कम्युनिस्ट पार्टी, बंगलादेशका बङ्गलादेश अवामी लिग, इजराइलका लिकुड पार्टी, युगान्डाका नेशनल रेसिसटेन्स मुभमेन्ट, तान्जानियाको चामा च मापीनडुजी, रसियाको युनाइटेड रसिया पार्टी, श्रीलङ्काको श्रीलङ्का पोडुजाना परमुना, युनाइटेड नेशनल पार्टी, मेरिससको मिलट्यान्ट सोशलिस्ट मुभमेन्ट, मेरिसस लेबर पार्टी, मौरेसियन मिलटेन्ट मुभमेन्ट, पार्टी मौरिसियन सोशल डेमोक्रेटका प्रतिनिधिहरू दिल्ली जाने बताइएको छ ।

विभिन्न देशका नेताहरूसँग भाजपाका अध्यक्ष जेपी नड्डा, भारतीय विदेश मन्त्री एस.जयशंकर, रेल्वे मन्त्री आश्विनी वैष्णवले भारतमा भइरहेको चुनावको बारेमा विदेशी पर्यवेक्षकहरुसँग छलफल गर्ने जनाइएको छ ।