काठमाडौं - हाम्रो पेटभन्दा माथि पेट र फोक्सोलाई छुट्याउने एउटा पातलो झिल्ली हुन्छ । यसलाई डाय्फ्रागम भनिन्छ । फोक्सोलाई खुम्चने र फुक्ने प्रक्रियामा यसले मद्दत गरेको हुन्छ । डाय्फ्रागममा कनै प्रकारको उत्तेजना पैदा भयो भने हामीलाई बाडुल्की लाग्छ र डाय्फ्रागममा विभिन्न कारणबाट उत्तेजना हुन सक्छ ।

खासगरी फोक्सो र पेटसित सिधा सम्पर्क भएकोले फोक्सो र पेटमा कुनै गडबडी भयो भने डाय्फ्रागममा असर पुगी बाडुल्की लाग्न सक्छ । साथै डाय्फ्रागमसित सम्बन्धित  स्नायुमार्फत पनि त्यसमा उत्तेजना पैदा भै बाडुल्की केही दिन पछि स्वतः निको हुन्छ । तर कहिलेकाँही शारीरिक रोग आदिले पनि बाडुल्की लाग्न सक्छ ।