दुध ठोस बस्तु र तरल पदार्थको मिश्रण हो । दूधमा चिल्लो पदार्थ पनि हुन्छ । जब दूधलाई तताइन्छ, तातिएको दूध र दूधमा भएको चिल्लो पदार्थ माथि आउँछ । किनभने चिल्लो पदार्थको घनत्व दूधको भन्दा कम हुन्छ । तातिएको दूधबाट त्यसमा भएको पानी बाफ भएर जान्छ । फलस्वरुप दूधको माथिल्लो सतहमा पानीको मात्रा कम र ठोस कणहरुको मात्रा बढी हुन्छ ।

यसरी दुधको माथिल्लो सतहमा चिल्लो पदार्थ र ठोस कणहरु मिलेर एक आवरण बन्दछ । यो आवरणको घनत्व दूधको घनत्व भन्दा कम भएको  हुनाले माथि तैरिन्छ र यसैलाई तर भनिन्छ ।