संसारमा देखिएका जीवहरु चाहे त्यो बिरुवा जनावर अथवा मानिस नै किन नहोस् यिनीहरु आफ्नो आमा बाबुसँग केही न केही रुपमा मिलेका हुन्छन् । यसो भन्नुको तात्पर्य आमा बाबुका केही गुणहरु आफ्ना सन्तानमा सर्नु हो यसरी गुणहरु एकबाट अर्कोमा सर्ने काम वंशाणु (Gene)ले गर्दछ । हामी सबैको शरीर कोषले बनेको हुन्छ ।कोषमा न्युक्लियस हुन्छ र न्युक्लियस भित्र जोडीको रुपमा लामा मसिना धागोको रेशाहरु पाइन्छ । जसलाई क्रोमोजोम भनिन्छ । यी क्रोमोजोम सयौं वंशाणुहरु जोडीको रुपमा रहेको हुन्छन् ।
मानिसको रंग रुप जिउडाल आदि गुणहरु ल्याउनमा यिनै वंशाणुहरुले ठूलो भूमिका खेलेका हुन्छन् । वास्तवमा प्रत्येक जोडी वंशाणुमा एउटै गुणको दुई लक्षण हुन्छ जसलाई प्रवल र लुप्त गुणहरु भनिन्छ । प्रवल गुण बाहिर देखिने र लुप्त बाहिर नदेखिने गुणहरु हुन् । यसलाई उदाहरणबाट स्पष्ट गर्न सकिन्छ । मानौं कुनै परिवारमा आमा र बाबु दुवैको केश घुम्रेका छन् । यिनीहरुबाट जन्मेका सन्तानहरु धेरै जसोको केश घुम्रेकै हुन्छ । यदि आमा र बाबुमध्ये कुनैमा सिधा केश लुप्त गुणको रुपमा रहेको छ भने उनीहरुबाट भएका केही सन्तानको सिधा केश पनि हुन सक्छ । काला आमा बाबाुबाट सेता सन्तान हुनु पनि यहीँ हो ।
0 comment