हाम्रो हातभित्र दुईवटा हड्डी हुन्छन् । त्यसमध्ये भित्रपट्टिको ठूलो हाडलाई अल्ना भनिन्छ । कुहिनानेर यसैको एउटा गाँठो अल्नर गु्रवभन्ने अंग हुन्छ । अल्नर ग्रुवमा एउटा स्नायु नशा रहेको हुन्छ । जसलाई अल्नर नर्भ भनिन्छ ।

यो अल्नर नर्भ ज्यादै संवेदनशील हुन्छ र कहिलेकाहीँ कुहिना ठोकिन जाँदा यसमा चोट पर्न जान्छ । फलस्वरुप हामीलाई करेन्ट लागेजस्तो अनुभव हुन्छ ।