कुट्दा वा घाउ चोटपटक लाग्दा शरीर दुख्नु राम्रो स्वास्थ्यको लक्षण हो । वास्तवमा दुखाई हाम्रो रक्षक हो । जस्तै यदि हामी दाँत दुखेको महसुस गर्दैनौं भने हामी यसको वास्ता गर्न छाड्छौं । त्यस्तै कुनै धारिलो हतियारले काट्दा हामी दुखेको महसुस गर्दैनौं भने त्यसबाट हामीलाई नराम्रो गहिरो घाउ लाग्न सक्दछ । तर शरीरमा दुखाई कसरी शुरु हुन्छ भन्ने विषयमा भने राम्रो व्याख्या हुन सकको छैन ।
आजभोलिका वैज्ञानिकहरुको धारणा अनुसार छालामा रहेको स्वतन्त्र स्नायुका टुप्पाहरुमा चोट पर्नाले दुखेको महसुस हुन्छ । यस्तो संवेदनशील छालाको भागलाई दुखाई केन्द्र भनिन्छ । हाम्रो शरीरमा यस्ता दुखाई केन्द्रहरु ३० लाख जति रहेको अनुमान गरिन्छ ।


0 comment