काठमाडौं – अक्सिजन ग्याँसको इतिहाससित तीनजना वैज्ञानिकहरुको नाम गाँसिएको छ । शीले प्रिस्टले र लभ्वाइजर सन् १७७४ तिरको कुरा हो । बेलायतको जोसेफ प्रिस्टले भन्नाले दहनसित सम्बन्धित एउटा नयाँ ग्यास पत्ता लगाए जोसेफ प्रिस्टले  बहुप्रतिभाशाली मानिस थिए । राजनीतिक शिक्षा विज्ञान सबैमा उनी संलग्न थिए । प्रिस्टलेले यो कुरा लभ्वाइजरलाई बताए । एन्टोन लाउरेट लभ्वाइजर फ्रान्सका वैज्ञानिक हुन् । उनलाई आधुनिक रशायनशास्त्रका पिता पनि भनिन्छ । लभ्वाइजर आफैँले पनि त्यस ग्याँसको प्रयोगशालामा उत्पादन गरे र पछि अक्सिजन भरेर नामकरण गरे । प्रिस्टलेले  अक्सिजन बाहेक अरु पनि थुप्रै रासायनिक पदार्थहरुको आविष्कार गरेका थिए । 

सन् १७८९ को फ्रन्सेली क्रान्तिलाई समर्थन गरेवापत वेलायतमा उनको कडा आलोचना भयो र उनी अमेरिका गई बसे । अक्सिजन पत्ता लगाउनेसित सम्बद्व अर्का वैज्ञानिक कार्ल विलहेम शीले हुन् । वास्तवमा शीलेले सन् १७७२ भन्नाले प्रिस्टेलेलेभन्दा दुई वर्ष अघि नै अक्सिजन ग्याँस बारे गरेको पाइन्छ । स्वेडिस वैज्ञानिक शीले गरिब थिए तर आफ्नो सानौ प्रयोगशालामा गरेका अध्ययन र अनुसन्धानहरु निकै महत्वपूर्ण मानिन्छन् । तर त्यतिखेर अक्सिजन ग्याँसको नामकरण नै भएको थिएन । जे होस अक्सिजन ग्याँस पत्ता लगाउने सिलसिलामा यी तीनैजना वैज्ञानिक शीले, प्रिस्टले र लभ्वाइजरलाई श्रेय दिनु उचित हुनेछ ।