काठमाडौं – वास्तवमा रेशम एक किसिमको लाभ्रे किराबाट बन्दछ जसलाई हामी रेशम किरा पनि भन्दछौं । रेशम किरा राती उड्ने एक किसिमको पुतलीको बच्चा हो । रेशम किरा पूर्ण विकसित हुन यसले लार्भा अवस्थाबाट प्यूपा अवस्थामा परिणत हुनुपर्छ । यस समयमा यसले आफ्नो मुखबाट च्याप–च्याप लाग्ने बाक्लो र्याल निकाल्दछ जुन प्राङ्गारिक यौगिकले बनेको हुन्छ । यो र्याल हालामा परेपछि रेशम धागो बन्दछ । यसै धागोले आफ्नो जिउ ढाक्ने गरी बेर्दछ र हामीले सानो डल्लाको रुपमा देख्दछौं । यस डल्लालाई कोकुन भनिन्छ । यही कोकुनबाट नै धागो निकालेर रेशमा कपडा तयार गरिन्छ । कोकुनभित्र बसेको केही दिनपछि पूर्ण विकसित पुतली कोकुन फुटाएर बाहिर निस्कन्छ ।
यसरी कोकुन फुटाएर बाहिर निस्कदा धागो टुटिन जान्छ त्यसैले कोकुन फुट्नु अघिनै धागो निकानिन्छ । एउटा रेशम किराले अन्दाजी ३ हजार मिटर रेशमको धागो निकाल्दछ ।
0 comment