काठमाडौं – सूर्यको वर्णपटमा पाइएको कालो रेखाले  विश्वमा खगोल विज्ञानका क्षेत्रमा अभूतपूर्व परिवर्तन ल्याएको छ । सुदूर अन्तरिक्षमा विद्यमान प्रत्येक ताराहरुको वर्णपटमा कालो रङ्गका लागि गहिरो रेखा बिद्यमान हुन्छ । जस्तो कि कुनै पूर्णतः कालो बस्तु वा पदार्थबाट किरण निस्कन्छ त्यसरी नै ताराको केन्द्रीय भागबाट सबै सम्भावित तरङ्गयुक्त कालो किरण निस्कन्छ । जब यो किरण ताराको सबैभन्दा बाहिरी अर्थात् चिसो भागबाट हिंड्दछ तब यसमध्ये एक विशेष तरङ्गयुक्त किरण ताराको चिसो भागमै अवशोषण हुनुपुग्दछ । यो अवशोषण हुने प्रक्रिया ताराको बाहिरी भागमा मौजुद तत्वमा निर्भर रहन्छ । केही  तत्वमा निर्भर रहन्छ ।  केही तारामा यसरी अवशोषण हुने प्रक्रिया कम त केही तारामा अत्यधिक अवशोषण हुने गर्दछ ।

अवशोषण पछि जुन किरण बाहिर आउँछ यसै कारण स्वपेक्ट्रम अर्थात् वर्णपटमा कालोरेखा देखिन पुग्दछ यही कालोरेखा देखिन पुग्दछ यही कावलो किरण अर्थात् रेखाको मद्दतबाट ताराको चिसो भागमा के कस्तो तत्व विद्यमान छ  त्यो थाहा पाउन सकिन्छ । यद्यपि ताराहरुको रङ्गमा निर्भर रहने भएकाले विभिन्न रङ्गका ताराहरुको वर्णपट पनि फरकफरक हुने गर्दछ । सूर्य पनि अन्य ताराहरु जस्तै सामान्य प्रकारको तारा हो र अन्य ताराहरु जस्तै सूर्यको वर्णपाटमा पनि कालो रेखा पाउनु अस्वाभाविधक हैन ।