काठमाडौं - अघिल्लो दिन २६.६६ अंकले घटेको सेयर बजार परिसुचक नेप्से आज ३६.१९ अंकले ओरालो लागेर २१६४.३१ बिन्दुमा पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ७.६२ अंकले घटेर ४११.१६ बिन्दुमा पुगेको छ ।
आज २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता सेयर २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँमा खरिद बिक्री भयो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को सेयर मूल्य घटेको छ भने १ उपसमूहमध्ये सेयर मूल्य बढेको छ। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक १.२२ प्रतिशतले बढेको हो। बैंकिङ र डेभलपमेन्ट बैंक उपसमूहको सूचक २ प्रतिशत बढिले ओरालो लाग्यो भने फाइनान्स, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स र अन्य उपसमूहको सूचक १ प्रतिशत बढिले ओरालो लाग्यो। मनु एन्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक सामान्य ओरालो लाग्यो।
आज एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। किसान लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा आज सोल्टी होटेल लिमिटेड शीर्षस्थानमा रह्यो। सोल्टी होटेल लिमिटेडको आज १५ करोड २७ लाख बढीको सेयर कारोबार भयो।
0 comment