अघिल्लो दिन ४.७३ अंकले ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज २५.३१ अंकले बढेर २०९७.५५ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ३.२८ अंकले बढेर ३९२.१५ विन्दुमा पुगेको छ।
आज २८९ कम्पनीको ८५ लाख ४ हजार ३७८ कित्ता सेयर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँमा खरिद/बिक्री भयो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढ्यो भने २ उपसमूहको घट्यो।
हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक ४.४१ प्रतिशतले बढ्यो भने मनु एन्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य उपसमूहको सूचक १ प्रतिशत बढिले बढ्यो। बैंकिङ, डेभलपमेन्ट, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक सामान्य उकालो लाग्यो। फाइनान्स उपसमूहको सूचक १ प्रतिशत बढिले ओरालो घट्यो भने होटल्स एन्ड टुरिजम उपसमूहको सूचक सामान्य ओरालो लाग्यो।
आज पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। शिव श्री हाइड्रोपावर, सीवाईसी लघुवित्तिय वित्तिय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडको शेयर मुल्य १० प्रतिशतले बढ्यो भने लक्ष्मी ईक्विटी फन्डको शेयर मुल्य ९.९९ प्रतिशतले बढ्यो । त्यसैगरी, एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको शेयर मुल्य ९.९८ प्रतिशतले बढ्यो ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टको आज ३३ करोड ९३ लाख बढिको सेयर कारोबार भयो।
0 comment