काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी काठमाडौं, पोखरा र दिपायलका लागि इन्धनको मूल्य प्रति लिटर पाँच/पाँच रुपैयाँका दरले घटाइएको हो।
योसँगै अब काठमाडौंमा पेट्रोलको नयाँ मूल्य १७० रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलको १५० रुपैयाँ भएको छ।
सुर्खेत र दाङका लागि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाइएको छ भने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीका लागि प्रतिलिटर साँढे ७ रुपैयाँले घटाइएको छ।
त्यसैगरी, हवाइ इन्धनको मूल्य आन्तरिक तर्फ प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ११५ अमेरिकी डलरले घटाइएको छ।
निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।
0 comment