काठमाडौं - आज शेयर बजार परिसूचक नेप्से १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स ३.५८ अंकले वृद्धि भएर ३७१.३१ विन्दुमा पुगेको छ। 

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १० को मूल्य बढ्यो भने ३ को घट्यो।

मनु एन्ड प्रो समूहको शेयर मूल्य सर्वाधिक ४.६९ प्रतिशतले बढ्यो भने होटेल समूहको शेयर मूल्य ४.४७ प्रतिशतले बढ्यो। माईक्रोफाइनान्स समुहको शेयर मुल्य २ प्रतिशत बढिले बढ्यो भने लाईफ इन्स्युरेन्स, नन लाईफ इन्स्युरेन्स, अदर्श र ट्रेडिङ समुहको १ प्रतिशत बढिले बढ्यो। बैंकिङ, डेभलपमेन्ट र इन्भेष्टमेन्ट समुहको शेयर मुल्य सामान्य उकालो लाग्दा फाइनान्स, हाइड्रोपावर र म्युच्युअल फन्ड समुहको शेयर मुल्य सामान्य ओरालो लाग्यो । 

आज २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँमा खरिद/बिक्री भयो।
 
आज दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय र युनिलिभर नेपालको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टको आज १४ करोड बढिको सेयर कारोबार भयो।