काठमाडौं - अघिल्लो दिन ५.८८ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज ८.१ अंकले बढेर १,८९१.३१ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ०.५४ अंकले बढेर ३५८.८८ विन्दुमा पुगेको छ।

आज आज २७२ वटा कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर एक अर्ब २७ करोड ८७ लाख चार हजार ७२६ रुपैयाँमा खरिद/बिक्री भयो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १० को मूल्य बढ्यो भने २ को घट्यो। बैंकिङ र ट्रेडिङको शेयर मुल्य सामान्य ओरालो लागेको हो ।

मनु एन्ड प्रोको शेयर मुल्य सर्वाधिक २.४४ प्रतिशतले बढ्यो भने होटेलको शेयर मुल्य १ प्रतिशत बढीले उकालो लाग्यो । अन्य समूहको सेयर मूल्य सामान्य उकालो लाग्यो। 

आज एक कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्तीय वित्तआत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। 

कारोबार रकमका आधारमा शिवम सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम सिमेन्टको आज ७ करोड ३४ लाख बढीको सेयर कारोबार भयो।