काठमाडौं - साताको पहिलो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ०.१४ अंकले बढेर ३५८.३३ विन्दुमा पुगेको छ।

आज २७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर १ अर्ब ४ ६० करोड ४ लाख ९२ हजार ७३१ रुपैयाँमा खरिद/बिक्री भयो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ९ को मूल्य बढ्यो भने ४ को घट्यो। 

नन लाईफ इन्स्युरेन्सको शेयर मुल्य सर्वाधिक २.८० प्रतिशतले बढ्यो भने होटेल र ट्रेडिङको पनि शेयर मुल्य २ प्रतिशत बढीले उकालो लाग्यो ।

डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर र मनु एन्ड प्रोको सेयर मूल्य सामान्य ओरालो लाग्यो भने अन्य समूहको सेयर मूल्य सामान्य उकालो लाग्यो। 

आज दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। राष्ट्रिय बिमा कम्पनी र आत्मनिर्भर लघुवित्तीय वित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। 

कारोबार रकमका आधारमा शिवम सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम सिमेन्टको आज ६ करोड १७ लाख बढीको सेयर कारोबार भयो।