काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरूद्ध अभियानमा सहभागी हुन समर्थकहरूलाई आह्वान गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत् पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भ्रष्टाचार देशको साझा दुष्मन भएकाले जसले गरेपनि पार्टीको झण्डा र नारा नबोकी रास्वपाका समर्थकहरूलाई सहभागी हुन आह्वान गरेका हुन्।
उनले भनेका छन्, 'भ्रष्टाचार यो देशको साझा दुश्मन हो। त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यहि कार्यक्रममा सहभागी हुदैछु।राम्रो काम जसले गरेपनि सघाउनुपर्छ। देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनु होला। भ्रष्टाचार विरुद्ध एक हौं। नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौं।'
सभापति लामिछानेले यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पू्र्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ ,प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रहरीलाई धन्यवाद दिएका थिए।
0 comment