काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद् ढाकाकुमार श्रेष्ठको मुद्दामा निलम्बन गर्नुको कारण मागेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सोमबार मुद्दामा अल्पकालीन अन्तरिम आदेश दिँदै निलम्बन गर्नुको कारण मागेको हो ।

श्रेष्ठले रास्‍वपालाई विपक्षी बनाइ आफूलाई सांसदमा पुन र्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका थिए।

श्रेष्ठले एकजना व्यवसायीसँग दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको साधारण सदस्य र सांसद पद नरहनेगरी निष्काशित गरेको थियो।

त्यस्तै, सर्वोच्चले श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद् बनाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

रिक्त रहेको एक पदमा निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको थियो ।