काठमाडौं - प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त सचिवहरूले शपथ ग्रहण गरेका छन् । 

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयलाई सभामुख देवराज घिमिरेले र राष्ट्रियसभा सचिव सुरेन्द्र अर्याललाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा आयोजित एक समारोहकाबीच शपथ गराएका हुन् ।

सभामुख घिमिरेले प्रतिनिधिसभा सचिवमा पाण्डेयलाई र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा सचिवमा अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।

यसअघि प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रियसभा सचिव राजेन्द्र फुयालको पाँच वर्षे कार्यकाल सकिएको थियो ।