काठमाडौं - साताको कारोबारको अन्तिम दिन आज सेयर बजार परिसूचक नेप्से १२.७३ अंकले बढेर १८६९.७३ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि २.०७ अंकले बढेर ३५७.९१ विन्दुमा पुगेको छ।

आज २७६ कम्पनीको सेयर २५ लाख ३३ हजार ७१४ कित्ता सेयर ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँमा खरिद/बिक्री भयो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक उकालो लाग्यो। फाइनान्स, हाइड्रो पावर र नन लाइफ इन्स्योरेन्स उपसमूहको सूचक १ प्रतिशत बढिले उकालो लाग्यो भने बाँकी उपसमूहको सूचक सामान्य उकालो लाग्यो ।

आज दुईवटा कम्पनीको मूल्य ९ प्रतिशत र दुई कम्पनीको ८ प्रतिशत बढिले बढ्यो। एनआईबीएल ग्रोथ फन्डको सेयर मूल्य ९.८६ प्रतिशत र लक्ष्मी लघुवित्ती वित्तीय संस्थाको ९.१६ प्रतिशतले बढ्यो। यस्तै, सयपत्री हाइड्रोपावरको ८.३७ प्रतिशत र आत्मनिर्भर लघुवित्त वित्तीयको ८.२० प्रतिशतले मूल्य बढेको हो।

कारोबार रकमका आधारमा आज नविल बैंक शीर्षस्थानमा रह्यो। नविल बैंकको प्रमोटर सेयर आज ४ करोड बढि मूल्यमा खरिद/बिक्री भयो।