काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुन गृह मन्त्रालयसँगै स्वास्थ्य मन्त्रालय पनि दाबी गरेको छ ।
सरकारमा सहभागी हुने/नहुने विषयबारे शुक्रबार टुंगो लगाउनुपुर्व रास्वपाका सभापति रवि लामिछानले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँगको बैठकलाई तीव्रता दिएका छन् ।
गृह मन्त्रालयको नेतृत्व गरेर लामिछाने सरकारमा सहभागी हुन खोजेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले रास्वपा अध्यक्ष लामिछानेलाई गृह मन्त्रालय दिन सकिने जनाइसकेका छन् ।
यसै सन्दर्भमा रास्वपा सभापति लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मंगलबार भएको भेटमा स्वास्थ्य मन्त्रालयको समेत दावी गरेका थिए । सभापति देउवाले गृह मन्त्रालयबारे प्रधानमन्त्री दाहालले निर्णय गर्न सक्ने तर, स्वास्थ्य मन्त्रालय कांग्रेसले नछाडने लामिछानेलाई जवाफ दिएका थिए ।
पार्टीभित्रका आन्तरिक समस्या सुल्झाउनु पर्ने भएकाले स्वास्थ्य मन्त्रालय अन्य दललाई दिन नसकिने सभापति देउवाले बताए । भनेजस्तो मन्त्रालय नपाए सरकारमा जान नसक्ने समेत रास्वपाका नेताहरुले बताउँदै आएका छन् ।
पुस ११ गते प्रधानमन्त्री बनेका दाहालले ४ महिना वितिसक्दा समेत सरकारलाई पूर्णता दिन सकेका छैनन् । एकतर्फ रास्वपा सभापति लामिछाने सरकारमा सहभागी हुने मन्त्रालयको बार्गेनिङ गरिरहेका छन् भने अर्कोतर्फ आफै प्रधानमन्त्री बन्ने प्रयासमा राष्ट्रिय प्रजातन्त्र पार्टी,जनमत,नागरिक उन्मुक्ति पार्टीलगायत दलसँग छलफलमा जुटेका छन् ।
0 comment