काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा रवि लामिछानेलाई चयन गर्ने निर्णय गरेको छ। 

रास्वपाको सोमबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

संसदीय दलको नेता लामिछाने चयन गर्ने निर्णय भएसँगै संसदीय दलले अनुमोदन गर्नेछ । 

नागरिकता विवादमा रविको संसद पद गुमेपछि उनले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेतामा चयन गरिएको थियो । लामिछाने चितवन–२ बाट उपनिर्वाचनमा पुननिर्वाचित भएपछि अर्यालले संसद दलको उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका थिए ।