काठमाडौं - साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से १९.१० अंकले घटेर १८७०.६६ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि २.९८ अंकले घटेर ३५८.१४ विन्दुमा पुगेको छ। 

आज २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँमा खरिद/बिक्री भयो।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक ओरालो लाग्यो। डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, म्युचुअल फन्ड, अदर्श र ट्रेडिङ उपसमूहको सूचक १ प्रतिशत बढिले घट्यो भने बाँकी उपसमूहको सूचक सामान्य ओरालो लाग्यो ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टको आज ४ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।