काठमाडौं - साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से १८.८० अंकले घटेर १८८५.६० विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ४.०० अंकले घटेर ३५९.१३ विन्दुमा पुगेको छ।
आज २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँमा कारोबार भयो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक घट्यो। फाइनान्स उपसमूहको सूचक सर्वाधिक २.०१ प्रतिशले घट्यो भने बैंकिङ , डेभलपमेन्ट बैंक, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक १ प्रतिशत बढिले घट्यो। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक सामान्य उकालो लाग्यो।
आज ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सनराइज ब्लुचिप फन्ड, आदर्श लघुवित्त वित्तीय र कालिञ्चोक दर्शनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा आज मोलुङ हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। मोलुङ हाइड्रोपावरको आज ३ करोड ११ लाख बढिको सेयर कारोबार भयो।
0 comment