काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेलाई महाभियोग लगाउनसक्ने आशंका व्यक्त गरेका छन् ।
ओलीले भने,‘यसभन्दा अगाडि राष्ट्रपतिज्यूलाई महाभियोग लगाउन खोजेका थिए धेरै पटक । अहिलेको सभामुखलाई कुनै बेला महाभियोग लगाउन बेर लगाउँदैनन् । यो गठबन्धनलाई लाजसरम भन्ने छैन, के गर्न हुन्छ, के गर्न हुन्न भन्ने कुनै सीमा छैन ।’
ओलीले राज्य जनताको पक्षमा नरहेको बताए । ओलीले भने,‘यसभन्दा अघि पार्लीयामेन्टमा एकजना सभामुख देख्यौं । एउटा पक्षको प्यादाको रुपमा काम गर्नुभयो उहाँले । पार्टी विशेषको प्यादा बन्नुभयो ।’
ओलीले सत्ता गठबन्धनमा बहुमतको दम्भ रहेको भन्दै सभामुख घिमिरेलाई महाभियोग लगाउन सक्ने आशंका व्यक्त गरेका हुन् ।
0 comment