काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपेन्द्र यादवले जितेर भोकै मर्नुभन्दा अर्कैले जितेर खान लाउन पाए राम्रो हुने बताएका छन्।
बारामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बारा–२ मा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलको जित सुनिश्चित भएको दावी गरे।
ओलीले भने,‘एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु । यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन् । जातीवादी नारा लाग्न सक्छन् । तपाईंहरू सतर्क रहनुहोला । वर्गीय प्रेम मात्रै सही र साँचो हुन्छ । जात जात भनेर गरिने प्रेम झुटो हुन्छ । यादवले जितेर भोकै मर्नुभन्दा अर्कैले जितेर खान लाउन पाए भएन ।’
यादवले जिते देशको विकास नहुने उनको भनाइ छ। ओलीले भने,‘यादवज्यू मोरङ, सुनसरीबाट उखेलिनुभयो । लाटा सोझा जनता छन् भनेर बारामा आउनुभयो । उहाँ जितेपछि के गर्नुहुन्छ ? फूलमाला लगाउनुहोला । मन्त्री हुनुहोला । उहाँबाट विकास हुन्छ त ? ’
ओलीले एमालेको एउटै उद्देश्य देशमा गरिबीको अन्त्य गर्नु रहेको बताए ।
0 comment