काठमाडौं - चितवन-२ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्। 

लामिछानेको प्रस्तावक पार्टीका महानगर संयोजक सिता ज्ञवाली र समर्थकमा भरतपुर ११ का संयोजक विक्रम श्रेष्ठ रहेका थिए । त्यस्तै, लामिछानेको प्रतिनिधिका रुपमा जिल्ला सहसंयोजक प्रभा ढकाल रहेकी छन् । 

भरतपुर ११ स्थित विशाल चोकमा रहेको पार्टीको प्रचारप्रसार कार्यालयबाट र्‍यालीसहित लामिछाने निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । 

लामिछानेको नागरिकतासम्बन्धी मुद्धामा दोषी ठहर गर्दै सर्वोच्चले उनको सांसद पद खारेज गरेपछि बैशाख १० मा उपनिर्वाचन गर्न लागेको हो ।