काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत पाएका छन्। 

शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको थियो भने विपक्षमा १ मत परेको थियो। 

शर्मालाई राप्रपा बाहेकका सबै दलका सांसदले विश्वासको मत दिएका थिए। शर्माको पक्षमा ३८ मत परेपछि कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले विश्वासको मत प्राप्त भएको घोषणा गरे। 

प्रदेश सभामा राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिएका थिए।