काठमाडौं - नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ।
बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछी पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने, 'हामीले तीन मन्त्रालय माग गरेको हिजै प्रस्ट पारिसकेका छौं। प्रधानमन्त्रीजीको तर्फबाट के आउँछ हामी कुरिरहेका छौं। तीन मन्त्रालय नपाए हामी सरकारमा जाँदैनौं । हामीसँग नाम रेडी छ। प्रधानमन्त्रीजीले माग गर्नुभएको केही क्षणमै हामी नाम दिन्छौं ।'
उनले राष्ट्रियसभाको उपनिर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पार्टीको भूमिका महत्वपूर्ण रहेको भन्दै तीन मन्त्रालय जसरी पनि पाउनुपर्ने दाबी गरे।
स्रोतका अनुसार पार्टी अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा सदस्यसमेत रहेका बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी गराउन चाहेका छन्। भुसालले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा दाबी गरेपछि अध्यक्ष नेपाल जसरी पनि उक्त मन्त्रालय पाउनुपर्ने अडान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन्।
0 comment