काठमाडौं - आज गरिने भनिएको मन्त्रीपरिषदको बिस्तार गठबन्धनमा आबद्ध रहेका दलहरुको अपसी सहमती हुन नसकी रोकिएको छ । बिहान भएको तिन दलका शिर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एस का अध्यक्ष माधवकुमार नेपाल बीच छलफल भएको थियो । तर आपशी सहमति हुन नसकी बैठक मंगलबार दिउसो ४ बजेको लागि सारिएको बालुवाटार स्रोतले जनाएको छ ।

भोलि गरिने गठबन्धनका दलको बैठकले मन्त्रीपरिषद्लाई पूर्णता दिने भनिएको छ । यस अगाडी प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको निर्बाचन लगत्तै मन्त्रीपरिषदको विस्तार गर्ने बताएका थिए तर गठबन्धनमा आबद्ध दलहरुको आपसी सहमति हुन ढिलाई भएको कारण मन्त्रीपरिषद्को बिस्तारमा ढिलाई हुन पुगेको हो ।

अहिलेको सरकारलाई १० दलहरुको समर्थन रहेको छ । माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने तयारीमा छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय छन् । कांग्रेसले अर्थ मन्त्रालयसहित आठदेखि १० मन्त्रालयको दाबी गरिरहेको छ भने माओवादी केन्द्रको गृहसहित कम्तीमा ५ मन्त्रालयको दाबी गरेको छ । रास्वपा, जसपा, एकीकृत समाजवादीले महत्त्वपूर्ण मन्त्रालयसहित तीन/तीन मन्त्रालयको दाबी गरेका छन् । रास्वपाले उपप्रधानमन्त्रीसहित केही मन्त्रालय दाबी गरेको छ । जनमतले कृषि, पशुपन्छी वा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी गरेको छ । नागरिक उन्मुक्ति र लोसपा पनि शक्तिशाली मन्त्रालय माग गरेका छन् ।