काठमाडौं - नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना किन नभएको भन्दै संसदमा प्रश्न गरेका छन्।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कुँवरले उक्त क्षेत्रको जनगणना नगरेर गलत सन्देश प्रवाह भएको टिप्पणी गरे।
उनले भने,'यसपल्ट त्यहाँ जनगणना नभएको सुनेको छु। जबकि २०१८ सालमै जनगणना भएको थियो। यसपल्ट त्यहाँ जनगणना किन र कसरी छुटेको हो?'
उनले २०१८ सालमै जनगणना भएको क्षेत्रमा अहिले आएर जनगणना नगर्नुको अर्थ के हो भन्दै प्रश्न गरे। जनगणना नहुनुबारे सम्बन्धित निकायको जवाफ समेत सभामुखमार्फत् माग गरे।
0 comment