काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अहिलेको सत्ता गठबन्धन टुट्नलाई धेरै समय नलाग्ने बताउनु भएको छ । महासचिव पोख्रलले प्रचन्डमा देखिएको चरम दक्षिणपन्थका कारण एमालेसँगको गठबन्धन टुटेको पनि बताउनुभएको छ । उहाँले मिलिजुली खाने यो गठबन्धनले प्रदेशमा पनि असर गर्ने भएकाले चिन्ता नलिन आग्रह गर्दै पाँच वर्ष प्रतिपक्षमा वसेर पार्टीलाई बलियो बनाउन निर्देशन पनि दिनुभएको छ ।

मिसन ग्रासरुट तथा राष्ट्रीय युवा संघ, नेपालको नवौं राष्ट्रीय महाधिवेशनको सन्दर्भमा आयोजित बाके जिल्लास्तरिय अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले सत्ता गठबन्धनभित्र विद्रोह हुन धेरै समय नलाग्ने बताउनुभएको हो । 

राजनीतिक अस्थिरता, सास्कृतिक आक्रमण र आर्थीक संकट देखा पर्दै गएको उहाको भनाई रहेको छ । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट सम्पन्न हुँदा संगठन विस्तारसँगै नेता कार्यकर्ताबीचमा सुमधुर सम्बन्ध स्थापना हुनुपर्ने पोख्रेलले बताउनुभएको छ । पार्टीले जितेको स्थानीय तहमा नेता र कार्यकर्ताबीचमा मनमुटाप देखिएको स्मरण गर्दै महासचिव पोख्रेलले नेता वन्नका लागी मात्रै जनसंगठन बनाउने काम बन्द गनुपर्ने बताउनुभएको छ । २५ जना मात्रै मन्त्री बनाउनु पर्ने व्यवस्था रहेको भन्दै ११ दलका विचमा मन्त्रालय भागबन्डामै मनमुटाप हुने देखिएको उहाँको भनाई छ ।