काठमाडौं – नेकपा एमालेबाट उपराष्ट्रपति उम्मेदवार शाक्यले पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्ने संविधानको भावना भएपनि त्यसतर्फ केहि दलहरूको ध्यान नगएको बताएकी छिन् ।
उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचनमा आफूले जित्ने जित्नेमा आसावादी रहेको बताएकी छिन् । संसद भवन नयाँ बानेश्वरमा शुक्रबार पत्रकारसँग कुरा गर्दै शाक्यले उपराष्ट्रपति निर्वाचन परिणाम आफू अनुकूल हुने पनि बताएकी हुन् ।
शाक्यले भनिन्,‘उपराष्ट्रपतिमा म जित्नेमा आसावादी छु । उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देख्छु म ।’ निर्वाचनमा शाक्यसहित जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहाय यादव उम्मेदवार छन् ।
तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीको ममता झालाई मत दिने भएको छ । उपराष्ट्रपतिको उम्मेदवार जनमत पार्टीका झालाई मत दिन रास्वपाका सांसदहरू एक मत देखिएको जानकारी रास्वपाका एक नेताले जानकारी दिएका छन् ।
उनले भने,’उपराष्ट्रपति निर्वाचन आचारसंहिताका कारण कसलाई मत दिने भन्नेबारे सार्वजनिक गर्न मिल्दैन । तर जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार उठाएका कारण झाज्यूलाई मतदान गर्ने भन्नेछ । यो हाम्रो पार्टीको औपचारिक निर्णय भने होइन उनले भने ।’
रास्वपाले उपराष्ट्रपतिमा मत दिने ÷ नदिनेबारे निर्णय लिन बिहान ११ः३० बजे पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बोलाएको थियो । तर निर्वाचन आचारसंहिताको कारण भन्दै बैठक स्थगित गरेको थियो ।
राष्ट्रपति निर्वाचनमा भने रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेको थियो ।
अहिले मतदान जारी छ ।
0 comment