काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धन महिलाको पक्षमा नभएको बताएका छन् ।
पार्टीबाट निर्वाचित सांसद्हरूलाई अभिमुखीकरण प्रदान गर्दै एमाले अध्यक्ष ओलीले शाक्यले उपराष्ट्रपतिमा जित्ने सम्भावना रहेको बताए ।
उनले भने,‘जित्ने सम्भावना छ । जित्ने कारणको अहिले चर्चा नगरौं । अन्तिम बेलासम्म सम्भावनाको खोजी गर्ने हो । गठबन्धनभित्र अनेक प्रकारका समस्याहरू छन् । विपक्षी शक्तिसँग चुनाव लडिरहेका छौं । '
ओलीले एमालेलाई सवल राष्ट्रिय शक्ति बन्न नदिने षडयन्त्र भइरहेको बताए । संविधानको भावना पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाइ छ। १० दलीय गठबन्धले महिलाको अधिकार खोस्न, संविधानलाई मिच्न निर्वाचन आयोगलाई प्रयोग गरेको उनको आरोप छ ।
ओलीले भने,‘यो गठबन्धन महिलाका हक अधिकार हरण गर्न लाग्यो । महिलाको पक्षमा रहेनछ यो गठबन्धन ।'
0 comment