काठमाडौं - राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने भएको छ ।
बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषद्को प्रथम बैठकले चैत १० देखि २० गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादुर केसीका अनुसार अभियानअन्तर्गत सभा, कोणसभा गरिनेछ । जनमोर्चाले संघीयता खारेजको अभियान सञ्चालन गर्दै आएको छ ।
पार्टीको जनआधार भएका जिल्ला प्यूठान, बाग्लुङ, अर्घाखाँची सहित रुपन्देही, कैलाली, कन्चनपुरमा ठूला सभा र कार्यक्रम गर्ने निर्णय भएको केसीले जानकारी गराए । संघीयताले देशलाई टाट पल्टाएको निष्कर्ष सहित यसको खारेजीको माग गर्दै विरोधका कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।
बैठकले २०८० सालको वैशाख १ गतेदेखि जेठ महिनाभरी संगठनात्मक कार्यक्रम संचालन गर्ने समेत निर्णय गरेको छ ।
0 comment