काठमाडौं - नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उमेर हदका कारण उपराष्ट्रपतिको उम्मेदवार हुन नपाउने भएकी छन् ।

नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवारी बनाउने निर्णय गरेपनि श्रेष्ठको उमेर योग्यता नपुगेको देखिएको छ । नेपालको संविधान २०७२ अनुसार उपराष्ट्रपति हुन कम्तिमा ४५ वर्ष पूरा भएको हुनुपर्छ । तर, निर्वाचन आयोगको अद्यावधिक विवरणमा श्रेष्ठको उमेर ३९ वर्ष मात्रै देखिएको छ । 

संविधानको धारा ६९ मा व्यवस्था भएको उपराष्ट्रपति योग्यताअनुसार श्रेष्ठ उपराष्ट्रपतिको उम्‍मेदवार हुन अयोग्य ठहरिएकी हुन्। नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको बताए। उनले भने,' यो पार्टीको निर्णय हो। उमेर अयोग्यता नपुगेको कुरा यथार्थ हो। पार्टीले निर्णय गर्न त पायो नि।'

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ।