काठमाडौं - निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग र समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ । आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार उपराष्ट्रपतिमा राष्ट्रपतिभन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समूदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम)बाट उम्मेदवार हुनुपर्ने व्यवस्था छ ।
आयोगले राष्ट्रपति पुरुष र खस आर्य समुदायबाट भएका कारण उपराष्ट्रपति राष्ट्रपति भन्दा फरक समुदाय र लिगंबाट हुनुपर्ने स्पष्ट पारेको छ ।
0 comment