काठमाडौं - अघिल्लो सातादेखी निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज ३३.५७ अंकले बढेर २,०८०.३८ विन्दुमा अडिएको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ४.८१ अंकले बढेर ३९६.३४ विन्दुमा अडिएको छ।

आज २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँमा खरिद / बिक्री भयो।

आज कारोबारमा आएका १३ उपसमूहमध्य १० उपसमूहको सूचक उकालो लागेको छ भने ३ उपसमूहको सूचक ओरालो लागेको छ। 

हाइड्रोपावरको सूचक सर्वाधिक ३.८५ प्रतिशतले उकालो लाग्यो भने होटेलको सूचक पनि ३ प्रतिशत बढिले उकालो लाग्यो। त्यस्तै, डेभलपमेन्ट बैंक, फाइनान्स, इन्भेष्टमेन्ट र नन लाईफ इन्स्युरेन्स समुहको सुचक २ प्रतिशत बढिले उकालो लाग्यो भने बैंकिङ, लाईफ इन्स्युरेन्स, मनु एन्ड प्रो र अदर्श समुहको सुचक १ प्रतिशत बढिले उकालो लाग्यो।

म्युच्युअल फन्ड र ट्रेडिङ समुहको सूचक सामान्य ओरालो लाग्यो भने माइक्रो फाइनान्सको सुचक १ प्रतिशत बढिले ओरालो लाग्यो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। लिबर्टी ईनर्जी र छ्याङ्दी हाइड्रोको शेयर मुल्य ९ प्रतिशत बढिले बढ्यो भने दोर्दी खोलाको शेयर मुल्य ९ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। आज हिमालयन डिस्टिलरीको १३ करोड २७ लाख बढिको सेयर कारोबार भयो।