काठमाडौं - नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले अपाचे ओनरस् ग्रुप (एओजी) को पहिलो अन्तर्राष्ट्रिय मार्की राइड गर्ने भएको छ।
फागुन ११ गतेबाट सुरु हुने राइड २१ दिन लामो हुनेछ भने करिब ६ हजार ५०० किलोमिटरको दुरी पुरा गरिनेछ। कार्यक्रमका लागि नेपाल, भारत र बंगलादेशका गरी पाँच सयभन्दा बढी अपाचे राइडरहरूले अनलाइन आवेदन दिएको आयोजकले जनाएको छ।
काठमाडौंबाट सुरु हुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुने छ।
राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ। राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन्। राइडरहरूले राइडका क्रममा भारतका विभिन्न पर्यटकीय क्षेत्रहरूको पनि भ्रमण गर्नेछन्।
यसै क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ। जहाँ विभिन्न बाइकिङ गतिविधिहरूका साथै गिग र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक र प्रविधिहरूको प्रदर्शनी गरिनेछ।



0 comment