काठमाडौं - बझाङको बुंगल नगरपालिका–१० को टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता छन् । बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बुंगल नगरपालिका–१० बस्ने अन्दाजी ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महरा रहेको डीएसपी टेकबहादुर जोराले बताए । दुर्घटनाको कारण खुल्न सकेको छैन। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिनयता दैनिक जसो सडक दुर्घटना भइरहेको छ । दुर्घटनामा थुप्रै व्यक्तिले ज्यान गुमाइसकेका छन् ।


0 comment