काठमाडौं – ५३ किलो गाँजासहित दुई जना पक्राउ परेकाछन् । 

पक्राउ पर्नेमा, भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गएराति राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथर जाँदै गरेको वा ३ च २५०४ नम्बरको गाडीमा लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो । 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभएको छ ।