काठमाडौं – योग प्रेमी परिवार नेपालले प्रधानमन्त्री राहत कोषमा रु ६००००० (छ लाख) सहयोग गरेको छ । सो रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई योग प्रेमी परिवारले हस्तान्तरण गरेको हो । भोटेकोसी वाढीबाट अहिले ठूलो जनधनको क्षति राष्ट्रले व्यहोरीरहेको छ । भोटेकोसी वाढीबाट विशेषगरी ४ वटा जिल्ला प्रभावित भएका छन । ठूलो जनधनको क्षति भएपछि सरकारले प्रधानमन्त्री राहत कोष बनाएर त्यसमा सहयोग जुटाइरहेको छ । वाढीले सिङगो देशलाई शोकमा पारेको हुनाले योग प्रेमी परिवारले पनि यो दुखद् घढीमा सरकारलाई टेवा दिने प्रयास गरेकोे विशाल नेपाल खबरलाई बताएको छ ।
सो रकम योग प्रेमी परिवार नेपालका सदस्यहरुबाट संकलन गरिएको थियो । योग प्रेमी नेपालले यो अवस्थामा गहिरो दुख पनि व्यक्त गरेको छ । सो क्रममा मन्त्री वाग्लेले योग प्रेमी परिवार नेपाललाई धन्यवाद दिएका थिए ।

0 comment