काठमाडौं - नुवाकोटको विदुर नगरपालिका–९ मा आज मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट खस्दा घाइते भएका तीन जनालाई उपचारको लागि त्रिशूली अस्पताल पुर्याए पनि चिकित्सकले मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ खनियाबाँसका ४७ वर्षका बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ माथिल्लो खुर्सानेका २७ वर्षीया सुनिता थापामगर र ३१ वर्षीया बिन्दा थापा मगर रहेका छन् ।
बा ९९ प ८२०२ नं को मोटरसाइकल भैरमकोटबाट त्रिशूलीतर्फ आउने क्रममा खड्कथोक भन्ने स्थानमा आइपुग्दा अनियन्त्रित भइ सडकबाट १०० मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ ।
सो मोटरसाइकलले भाडामा यात्रु बोक्ने गरेको छ ।


0 comment