काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन्।
नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भने, 'सन्तुलनका लागि कांग्रेसले अघि सार्ने उम्मेदवार राष्ट्रपति बन्नुहुन्छ।' संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफ्नो दावी स्वभाविक भएको सिंहले बताए।
राष्ट्रपतिको विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद समेत रहेका सिंहको दाबीलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनले कांग्रेसबाट राष्ट्रपतिको उम्म्दवार को भन्ने चाहिँ खुलाएनन्।
पुस १० को सहमति अनुसार भन्दै एमालेले राष्ट्रपतिमा दाबा गरिरहेका छ भने माओवादी राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ। यो सहमति कायम गर्न प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वृहत छलफल भएपनि अझै सहमति जुटेको छैन।
नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वभाविक हुने पनि बताए। संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिए।
0 comment