काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ। अर्थमन्त्री डा. वाग्ले र विदेश सचिव मिश्रीबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु सहभागी थिए।