काठमाडौं - भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइ पुगेका छन् ।

विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत भएको बताइएको छ ।  उनले  प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेट्नेछन् । अन्य केही भेटघाटको पनि कार्यक्रम रहेको बताइएको छ ।

भारतीय विदेश सचिव मिश्री काठमाडौंबाट भोलि नै नयाँ दिल्ली फर्किने कार्यक्रम छ ।