काठमाडौं - सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा अध्यादेश जारी गर्न  राष्ट्रपति रामचन्द्र पौडलसमक्ष  सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।

 झन्डै दुई तिहाईको रास्वपा नेतृत्वको सरकारले संसद् बैठक स्थगित गरे धमाधम अध्यादेश ल्याएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पेस गरेर ऐन संशोधन गर्ने लामो समय लाग्ने भन्दै सरकारले छोटो बाटो अपनाएको हो । संसद् बैठक रोकेर अध्यादेश ल्याएकोमा प्रतिपक्षी दलहरुले विरोध गर्दै आएका छन् ।